skip this

सिंगौलबाट निजगढतर्फ आउँदै गरेको ट्याक्टरमा हावाहुरीले रुखको हाँगा भाचिएर च्याप्दा मजदुरको ज्यान गयो

57 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-सिंगौलबाट निजगढतर्फ आउँदै गरेको ट्याक्टरमा हावाहुरीले रुखको हाँगा भाचिएर च्याप्दा मजदुरको ज्यान गएको छ ।

सिगौंलबाट निजगढको योजना टोलतर्फ आउँदै गरेको ना ७ त ५१५० न.को ट्याक्टरमा निजगढ नगरपालिका–६ स्थित जन सृजनशिल सामुदायिक वनमा हावाहुरीले रुखको हाँगा भाचिएर लाग्दा ट्याकटरमा सवार निजगढ–४ पुरानोटोलका ५५ वर्षिय देवबहादर अर्यालको मृत्यु हो ।

घर निर्माणमा मजदुरी गरेर घर फर्किने क्रममा वन क्षेत्रमा पुगेपछि अचानक हुरी चल्न थालेपछि ट्याक्टर रोकेर सुरक्षित हुन खोजेपनि रुखको हाँगा भाँचिए लाग्दा अर्याल ट्याक्टरमै च्यापिएका थिए ।
घटनामा ट्याक्टरमा सवार जिल्ला नुवाकोट सुर्यगढी न.पा.१ लज्याङ घर भई हाल निजगढ न.पा.५ बाग्देव बस्ने अं.वर्ष ३२ को कृष्ण घलान घाईते भएका छन् । उनको ढाडमा चोट लागेको छ ।

गाडी धनी समेत रहेका ट्याक्टर चालक निजगढ न.पा.४ पुरानो टोलका अं.वर्ष ५० बुद्धमान बल र ट्याक्टर इ.प्र.का.निजगढ बाराको नियन्त्रणमा रहेका छन् ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्यभईरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630