skip this

साथी सहकार्य युवा क्लबको सहकार्य तथा महालक्ष्मी विकास बैंकको सहयोगमा नेराआवि लालका विद्यार्थीलाई व्याग वितरण

654 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–साथी सहकार्य युवा क्लबको सहकार्य तथा महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १३८ थान विद्यालय ब्याग वितरण गरिएको छ ।

बाराको निजगढ नगरपालिका–१० लालस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग स्वरूप ब्याग वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धार्थ लोप्चन, प्रधानाध्यापक राम पुकार प्रसाद, क्लबका अध्यक्ष विपुल लामा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै बैंकका निजगढ शाखा प्रमुख अकाश चन्द्र चौधरी, शाखा संचालक तथा कर्जा विभाग अनिल चौधरी र ग्राहक सेवा विभाग शिव नरायण चौधरी

आयोजकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको जनाएको छ । उनीहरूले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक विकास तथा सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630