skip this

दोस्रो सिंगौल नकआउट फुटबल प्रतियोगिता : आजदेखि सेमिफाइनलका खेल सुरु हुँदै

21 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-बाराको निजगढमा सञ्चालन भइरहेको दोस्रो सिंगौल नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछन्।

आज हुने सेमिफाइनल खेल दिउँसो २ बजे निजगढ नगरपालिका–२ स्थित श्री लोकप्रिय आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन हुने आयोजक बन्देवी युवा क्लबका सचिव हस्तबहादुर दलार्मीले जानकारी दिनुभयो।

निजगढ नगरपालिका वडा नम्बर २ को कार्यालयको मुख्य सहयोगमा दीपावली तथा छठ पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा पशुपति युवा क्लब जंगलसैयाले रतनपुर युनाइटेड क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफको २९औँ मिनेटमा प्रवेश राय चौधरीले गरेको एकमात्र गोल नै पशुपति युवा क्लबको जितका लागि निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका प्रवेश राय चौधरी खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजन श्रेष्ठले ट्रफी प्रदान गर्नुभयो।

कार्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगिता कार्तिक २४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न क्लबहरूको सहभागिता रहेको छ।

nijgadh-supermart-adz1200-630