skip this farak Kura Pravakar

सदर चिडियाखाना एक सातालाई बन्द

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएको छ । लामो समयसम्म बन्द भएर गत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि पुनः बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनमा अनुसार आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको प्रमुख रचना शाहले जानकारी दिइन् । उनका अनुसार अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ ।

nijgadh-supermart-adz1200-630