skip this farak Kura Pravakar

मधेस प्रदेशका पूर्वमन्त्री सोनार गृह नगरमै लखेटिए

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको परवानीपुर गाउंपालिका –३ लिपनीमालमा मन्दिर उद्घाटनको बिषयमा लिएर दुइ पक्षबीच झडप भएको छ ।
मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनारकै कार्यकर्ता र स्थानीय युवा बीच झडप भएको हो ।
प्रदेश सभा सदस्य सोनारले पुख्र्यौली गाउँंमा बनेको ब्रहमबाबाको मन्दिर जवरजस्ती उद्घाटन गर्न खोजेपछि झडप भएको स्थानीयवासीले बताए ।
स्थानीयका अनुसार सोनार भौतिक पूर्वाधार तथा विकास मन्त्री हुँदा मन्दिर निर्माणकालागि ८ लाख बजेट छुट्याएका थिए । भने गाउंपालिकाले ५ लाख बजेट छुट्याए पछि मन्दिर निर्माण सम्पन्न भएको हो ।
शनिबार सम्पन्न भएको मन्दिरको उद्घाटन सोनारले नै जवरजस्ती गर्न खोजेपछि विरोध भएको हो ।
जनताले तिरेको करबाट आएको सहयोग रकममा व्यक्तिले तानाशाही तरिकामा मन्दिर उद्घााटन गरेर व्यक्तिगत नामको शिलालेख लगाउने तयारी गरेपछि विरोध भएको स्थानीय राजेश यादवले बताए । उनका अनुसार जनताको भावना विपरीत प्रहरी परिचालन गरेर ब्रहमबाबाको मन्दिर जवर जस्ती उद्घाटन गर्न र आफ्नो नामको शिलालेख लेखाउन थालेपछि विरोध भएको हो ।
सोनार मन्दिर उद्घाटन गर्न प्रहरी परिचालन गरेर पुगे पनि स्थानीय युवाहरुले विरोध गरेपछि उनी सहित उनका कार्यकर्ता लखेटेका थिए । सोनारलाई स्थानीय युवाहरुले घेराउ गर्ने थालेपछि प्रहरीले उनलाई सुरक्षित स्थानमा लगेका थिए ।
केहि दिन अगाडी प्रदेश २ को राजधानी जनकपुर घोषणा भएपछि चर्चामा आउनलाई आफ्नो घर अज्ञात समुहद्धारा तोडफोड भएको भनेर हल्ला फिजाएका थिए । त्यसको पनि व्यापक विरोध भएपछि आलोचित नै भए ।

nijgadh-supermart-adz1200-630