कैलालीमा कुलोमा डुबेर एक बालकको मृत्यु
वि.सं.२०७९ साउन २१ शनिवार १६:३६
1.24K
shares

कैलाली । आज कैलालीमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ।एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
वि.सं.२०७९ साउन २१ शनिवार १६:३६

















