skip this

अरिङगालले टोकेर सल्यानमा एक बालकको मृत्यु

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका–४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिङगालले टोकेको थियो ।रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए ।

 

 

nijgadh-supermart-adz1200-630