सुनसरीको बराहक्षेत्रमा जीपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
वि.सं.२०७९ असार ३० बिहीवार ०९:१९
1.23K
shares

काठमाडौं । सुनसरीको बराहक्षेत्रमा जीपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–३ भरौलीमा गएराति जीपले साइकललाई ठक्कर दिँदा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामीको ज्यान गएको हो ।
को १ च ७७९१ नम्बरको जीपले धामी चढेको साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका धामीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने जीपका चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७९ असार ३० बिहीवार ०९:१९

















