skip this

माघी महोत्सवमा हाइड्रोजन ग्यासको सिलिन्डर पड्किँदा कपिलवस्तुमा एक जनाको मृत्यु

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बुटवल-माघी महोत्सव मनाइरहेका बेला हाइड्रोजन ग्यासको सिलिन्डर पड्किँदा कपिलवस्तुमा एक जनाको ज्यान गएको छ।

बेलुनमा भर्ने हाइड्रोजन ग्यासको सिलिन्डर पड्किएर विस्फोट हुँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ चौहवामा सञ्चालित बाणगंगा नगर स्तरीय माघी महोत्सवमा सिलिन्डर पड्किँदा बाणगंगा ८ सिसेनी बस्ने अन्दाजी ६५ वर्षीय नासिद अहमद पाखियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

बाणगंगामा सोमबारदेखि चौथो माघी महोत्सव सुरू भएको थियो। सिलिन्डर पड्किँदा २ जना घाइते भएका छन्।

स्थानीय कमल चौधरीका अनुसार मृतक पाखिया बेलुनमा हावा भरेर बेच्ने व्यापारी हुन्। उनका दुई २ छोरा घाइते भएको प्रहरीको भनाइ छ।

महोत्सव चलिरहेका बेला दुर्घटनामा एक जनाको ज्यान गएपछि महोत्सव एक दिनका लागि स्थगित भएको छ।

थारू कल्याणकारिणी सभा बाणगंगाले उक्त महोत्सव सञ्चालन गर्दै आएको छ।

nijgadh-supermart-adz1200-630