skip this

मोटरसाइकल दुर्घटना हुँदा जनकपुरमा चालकको मृत्यु

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनुषा, २६ असोज । धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनमा मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रामनारायण ठाकुर रहेका छन् । गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुर मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । हिजो साँझ ५ बजे ज ११ प ७५८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर सडक छेउमा रहेको पोलमा ठोकिएको प्रहरी चौकी जिरोमाईल धनुषाले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630