skip this

जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनुषा । जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार स्थानीय पुष्पबाटिका स्कुलको बसले जनकपुरधाम उपमहानगरपालिका १४ स्थित खाद्य संस्थान नजिक मोटरसाइकललाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको हो ।

जनकपुरबाट लक्ष्मीनियातर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको उक्त बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लामिछाने गम्भिर घाइते भएका थिए । घाइते लामिछानेलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बसका चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

 

nijgadh-supermart-adz1200-630