ललितपुरमा पुस १५ गते बृहत् च्याउ प्रदर्शनी तथा परिकार महोत्सव २०८० हुने
वि.सं.२०८० पुस १२ बिहीवार १२:१८
2.53K
shares

ललितपुर-‘देशभरिका च्याउ किसानहरु एक हौँ ’ भन्ने मूल नाराका साथ‘ बृहत् च्याउ प्रदर्शनी तथा परिकार महोत्सव- २०८०’ हुने भएको छ ।
ललितपुरको जावलाखेल यूथ क्लब खेल मैदानमा पुस १५ गते सो महोत्सव आयोजना हुने भएको हो ।
राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपाल केन्द्रीय समितिले सो महोत्सव आयोजना गर्न लागेको छ ।
मेलाको मुख्य उद्धेश्य च्याउ किसानलाई जागरुक र व्यावसायिक उत्पादनमा आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने आयोजकले जनाएको छ ।

मेला बिहान १०:०० बजेदेखि साँझ ०६:०० बजेसम्म हुने छ । नेपालमा वार्षिक १३ हजार मेट्रिक टन च्याउ उत्पादन हुँदै आएको सरकारी तथ्यांकमा उल्लेख छ ।
वि.सं.२०८० पुस १२ बिहीवार १२:१८
















