skip this yams_Max_Hospital.jpeg

बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ कार्यसमिति चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक

2.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ कार्यसमिति चयनको लागि विहीबार निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

संस्थाको शनिबार १३ औं साधारण सभामा सम्पन्न भएसँगै नयाँ कार्यसमिति, लेखा समिति चयनका लागि निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचन समितिको बुधबार बसेको बैठकको निर्णय अनुसार १२ पुसदेखि २७ पुससम्मको कार्यतालिका बनाएर सार्वजनिक गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा ४१ र ४८ तथा निजगढ नगरपालिकाको सहकारी ऐन, २०७६ को दफा ३० र ३७ को प्रयोजनार्थ संचालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनको लागि गठित निर्वाचन समितिका संयोजक अजय कुमार उप्रेतीले सूचना प्रकाशित गरेका हुन् ।

निर्वाचन समितिले संस्थाको निर्वाचन प्रक्रियासँग सम्बन्धित आकर्षित हुने प्रचलित ऐनहरु, नियमावली, संस्थाको निर्वाचन नीति, र अन्य आवश्यक प्राविधिक तयारी पुरा गरी निर्धारित समितिहरुको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको संयोजक उप्रेतीले जानकारी दिए ।

निर्वाचन समितिले १५ गते उम्मेदवारी दर्ता र २७ गते मतदानको दिन तोकेको छ ।

स्तो छ कार्यतालिका

nijgadh-supermart-adz1200-630