skip this

दल भनेको जनताको सेवाका लागि स्थापित राजनीतिक संगठन हो–महन्थ ठाकुर

960 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारमा जाने–नजाने कुरा समयले निर्धारण गर्ने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने गैरसरकारी संस्था जस्तो आफूहरु नभएको बताउँदै उनले प्रधानमन्त्री जो बने पनि आफ्ना माग र मुद्दाबाट पछि नहट्ने समेत बताएका छन् ।

अध्यक्ष ठाकुरले भनेका छन्, ‘हामी गैरसरकारी संस्था (एनजीओ) होइनौं, कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने । दल भनेको जनताको सेवाका लागि स्थापित राजनीतिक संगठन हो । यो सधैं जनताप्रति उत्तरदायी हुन्छ । त्यसैले सरकारमा सामेल हुने नहुने कुरा समयले निर्धारण गर्छ ।’

उनले मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । मधेसी र थरुहट मुद्दाका पीडितले अझै न्याय पाउन नसकेको भन्दै उनले जेलमा परेकाहरुलाई छुटाउनुपर्ने बताएका छन् ।आफूहरुले समावेशीताको नारा उठाउँदा, पहिचानका आधारमा भेदभाव नगर भन्दा उल्टै विखण्डनवादीको आरोप लाग्ने गरेको गुनासो उनले गरे । राष्ट्रपतिबाट नागरिकता सम्बन्धी विधेयक रोकिदिंदा धेरै जना नागरिकता विहीन हुनुपरेको अध्यक्ष ठाकुरले बताए ।

nijgadh-supermart-adz1200-630