१० लाखको गरगहना चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ
वि.सं.२०७९ साउन २१ शनिवार १२:५६
2.04K
shares

सुनसरी। १० लाख रुपैयाँ बढीको गरगहना चोरी गरेको आरोपमा सुनसरीमा एक व्यक्ति पक्राउ परेका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतरास्थित औलिया ज्वलेर्समा शुक्रबार १ बजे राति गरगहनाको पसलबाट सुनचाँदी चोरी गरेका अनिल बराइली पक्राउ परेको प्रहरीले जनाएको छ ।
२६ वर्षीय बराइलीले एक तल्ले पक्की घरमा रहेको ज्वेलर्सको काठको ढोका फुटाएर गरगहना चोरी गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान गरी बराइलीलाई प्रहरीले इलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरको संयुक्त प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो।
वि.सं.२०७९ साउन २१ शनिवार १२:५६

















