skip this

आज शेखर–गगन समूहको बैठक बस्दै, आगामी रणनीतिबारे छलफल गर्ने

876 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली कांग्रेस शेखर–गगन समूहको बैठक बस्दै छ । इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो ।बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने छ ।

नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ ।

nijgadh-supermart-adz1200-630