skip this

होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

झापा । शरीरमा लागेको होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ ।

झापाको कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेका इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बुको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।

मृतक किशोर शिवसताक्षी नगरपालिका वडा नम्बर १० को बल्निकुन्ज माध्यमिक विद्यालयका छात्र हुन् ।

उनी अन्य साथीसँग दिउँसो होली खेल्न गएका थिए ।

‘जिउमा लागेको रंग पखाल्न आयुस नदीमा नुहाउन पसेका थिए। अन्य साथी पनि नुहाउन नदीमा पसेका थिए । तर आयुस नदीमा डुबेर बेपत्ता भए । उनलाई केही क्षणमै मृत अवस्थामा भेटिएको थियो’, स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

घटनाको बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630