गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु
वि.सं.२०७९ पुस १९ मंगलवार २०:१०
1.73K
shares

गुल्मी-गुल्मीमा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । गुल्मीको धुर्काेट गाउँपालिका वडा नंं. २ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालको भीरबाट लडेर मृत्युु भएको हो ।
मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकी थिइन् । घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेको केही समयमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
खनाल भीरबाट करिब दुई सय मिटर तल खसेको स्थानीयले जनाएका छन् । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल लगिएको प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
वि.सं.२०७९ पुस १९ मंगलवार २०:१०

















