skip this

बारामा चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

2.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बाराको सुवर्ण गाउँपालिका–७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धिराज प्रसाद यादववको शुक्रबार दिउँसो मृत्यु भएको हो ।खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् ।

सुवर्ण गाउँपालिका–७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस यादवको ८ वर्षीय छोरी रुवी कुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

 

nijgadh-supermart-adz1200-630