संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
वि.सं.२०७९ माघ ११ बुधवार ०८:११
891
shares

काठमाडौं–मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
उपचारका क्रममा बिहान ५ बजे निधन भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।
उक्त घटनामा उनको ८० प्रतिशत शरीरको भाग जलेकझ थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।
वि.सं.२०७९ माघ ११ बुधवार ०८:११
















