skip this

भक्तपुरको दधिकोटमा महिलामाथि एसिड आक्रमण, श्रीमान पक्राउ

2.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन् ।

नाम नखुलेको केमिकल प्रहारबाट ६० वर्षीया पूजा गुभाजु घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।

घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपीलाई नियन्त्रणमा लिइएको डिएसपी पाण्डेले बताए । साँझ पौने ७ बजेतिर पूजालाई एसिड प्रहार गरिएको थियो । एसिड आक्रमणबाट उनको टाउको र ढाडको भाग जलेको छ ।

nijgadh-supermart-adz1200-630