skip this farak Kura Pravakar

विद्यार्थी लक्षित चेकिङमा १२ सय ४१ जना विद्यार्थी चालकमाथि कारवाही

2.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारवाहीमा परेका छन् ।

काठमाण्डौँ उपत्यकामा गत साउन ३० गतेबाट शुरू भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारवाही गरिएको हो ।

स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज विहान मात्र ३९ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङ्गमा कागजपत्र साथमा नभएका १७ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १० जना, तिव्र गतिमा जिगज्याग चलाउने ८ जना, नम्बर प्लेट दुरुस्त नभएका २ जना र तीन जना सवार २ जना गरि ३९ जना विद्यार्थी चालकलाई कारवाही गरिएको हो ।

nijgadh-supermart-adz1200-630