लामो समयपछि माओवादी केन्द्रले तौक्यो नेताहरूको वरीयता
वि.सं.२०७९ माघ २६ बिहीवार १४:४०
1.13K
shares

काठमाडौं ।महाधिवेशन भएको लामो समयपछि नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको हो । ४५ सदस्यीय स्थायी समिति सदस्यहरुको समेत वरीयता निर्धारण गरिएको छ ।
पार्टीमा अध्यक्ष पुषपकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । तीन उपाध्यक्षहरुमा कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरियतामा छन् । त्यसपछि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवको वरियतामा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव छन् ।
वि.सं.२०७९ माघ २६ बिहीवार १४:४०

















