skip this

चोलेन्द्रले आफ्नो बयानमा हस्ताक्षर गर्न नमानेपछि…

825 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गराउने तयारी भइरहेको छ । १७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको छ । सबै पढिसकेर हस्ताक्षर गराउँदा कम्तिमा पाँच घण्टा लाग्ने महाअभियोग सिफारिस समितिका सदस्यहरुको अनुमान छ ।

अहिले महाअभियोग सिफारिस समितिको बैठक ४५ मिनेटका लागि स्थगित गरिएको छ ।

समितिका एक सदस्य मीन विश्वकर्माका अनुसार सुरुमा जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताएका थिए । तर हस्ताक्षर गर्न दिने बेला उनले नमानेपछि अहिले अध्योपान्त पढेर सुनाउने काम भइरहेको विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माले भने, ‘मैले बोलेका सबै कुराहरु बयान हुन् र अन्तिममा एक पेजमा हस्ताक्षर गर्दिन्छु, यो ठूलो रैछ, झण्डै दुई सय पेजको कपी मैले घरमा पढ्न पनि सक्दिनँ भन्नुभयो । बैठकमा ठ्याक्कै सही गर्नलाई कागज दिने बेलामा म यसमा साइन गर्दिनँ भन्नुभयो ।’

nijgadh-supermart-adz1200-630