skip this

चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको छ–रवि लामिछाने

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आफूहरुले कहिल्यै देशको ढुकुटीमा र्‍याल नचुहाउने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रतिवद्धता व्यक्त गरेका छन्।आज पार्टीको काभ्रे जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले अहिले चुनाव घोषणा भएपछि पनि सांसदहरुले सेवा सुविधा लिइरहेको तर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

उनले अहिले चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको बताए । अबको बाँकी तीन महिना तलब भत्ता नखार्नु पर्ने जिकिर गरेका छन् । देशभरका ८२५ सांसदहरुको तलब र दशैंको भत्ता सुविधा खाने पैसा आफुहरुलाई प्राप्त हुने हो भने यो देशमा कयौं बर्थिङ्ग सेन्टर र दुर्गममा अस्पताल बनाउन सक्ने बताए । उनले ४० करोड भन्दा बढी पैसा निर्वाचन घोषणा भएपछि किन खान खोजिँदैछ भन्दै प्रश्न गरे ।उनले राजनीतिक दलका शीर्ष नेतालाई चुनावको धपेडी छाडेर आराम गर्न आग्रह गरेका छन्।

nijgadh-supermart-adz1200-630