आयोगले प्रतिवेदन बुझाइएपछि सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने
वि.सं.२०७९ मंसिर २८ बुधवार १०:१२

काठमाडौं। बिहीबार निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीसमक्ष बुझाउने भएको छ ।आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने र समानुपातिकतर्फ निर्वाचित सदस्यहरूको नामावलीसमेत राखेर प्रतिवेदन बुझाउन लागेको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको सांसद्को नामावली बुधबार प्रकाशित गरेसँगै प्रतिवेदन बुझाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपरिणाम आएसँगै प्रतिवेदन लेखन तयारी अघि बढाइएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ‘समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम पनि समावेश गरिएपछि प्रतिवेदन लेखन लगभग टुंड्डिएको बताएका छन् । भोलि प्रतिवेदन बुझाउने र प्रदेश सभाको प्रतिवेदन भने पुष २ गते प्रदेश प्रमुखलाई नै बुझाइने आयोगले जनाएको छ ।
प्रतिवेदन बुझाइएपछि सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने छ । तर, अहिलेसम्म सरकार कसको नेतृत्वमा बनाउने भन्ने टुंड्डो लागेको छैन । संविधानको धारा ७६ ९८० मा निर्वाचन अन्तिम परिणाम घोषणा वा प्रधानमन्त्री पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ ।संविधानको धारा ७६ मा सरकार गठन सम्बन्धी व्यवस्था छ ।
सो धाराको उपधारा १ मा राष्ट्रपतिले बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ । तर, अहिले एउटै दलले बहुमत नल्याएकाले अब धारा ७६ ९२० अनुसार सरकार गठन प्रक्रिया शुरू हुन्छ । यसअन्तर्गत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
प्रतिनिधि सभाको अन्तिम मतपरिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा उपधारा ३ मा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
वि.सं.२०७९ मंसिर २८ बुधवार १०:१२

















