skip this

सभामुख सापकोटाद्वारा सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

855 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ-सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् ।

बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्

‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने ।

गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ । गतवर्ष उनलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरिएका गिरी पछिल्लो समय घरमै आराम गरिरहेका थिए । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

nijgadh-supermart-adz1200-630