बझाङमा स्थानीय तहको निर्वाचन अवधिभर मदिरा निशेध
वि.सं.२०७९ वैशाख २२ बिहीवार ११:२८
1.53K
shares

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बझाङमा मदिरा निशेध गरिने भएको छ । निर्वाचनको अवधिभर निर्वाचन आचारसहिंता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर अबको जिल्लाभर मदिरा निशेध गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निशेध गर्ने निर्णय गरेको हो ।
चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचार सहिंताको उल्लंघनका घटना बढ्ने भएकोले मदिरा बिक्री वितरण तथा ओसारपोसारमा रोक लगाउने निर्णय गरिएकोहो ।
वि.सं.२०७९ वैशाख २२ बिहीवार ११:२८
















