निजगढमा नालाको पानीले बगाएर ११ महिने बालकको मृत्यु
वि.सं.२०८० साउन १३ शनिवार २१:५८
6.77K
shares

बारा–बाराको निजगढ–८ शहीदचोकस्थित नालाको पानीले बगाएर एक बालकको मृत्यु भएको छ ।
सलार्हीको मलंगवा–२ घर भई निजगढ–८ शहीदचोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका रितेश साहका ११ महिनाका छोरा ऋषि साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाको कारण नालामा पानीको बहाव बढेको बेलामा बालक खेल्ने क्रममा पसल अगाडीको नालाभित्र पस्न पुगेको थिए ।
बालकलाई करिब तीन सय मिटरको दुरीमा रहेको प्रभु बैंक अगाडीबाट निकालिएको थियो । अचेत अवस्थानमा नालाबाट निकालिएका बालकलाई निजगढ ९ स्थित निजगढ सामुदायिक अस्पताल प्रसुती गृहमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक बालकको शव परीक्षको लागि कलैयास्थित प्रादेशिक अस्पताल पठाउने तयारी भईरहेको प्रहरी स्रोतले जनाएको छ ।

वि.सं.२०८० साउन १३ शनिवार २१:५८