skip this farak Kura Pravakar

 बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गयो

543 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए ।

प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो । सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।

nijgadh-supermart-adz1200-630