निजगढको विकास दिगो, समावेशी र जनमुखी हुनुपर्छ : युवा नेता रमेश दंगाल

वि.सं.२०८२ साउन १३ मंगलवार १०:२३
1.82K
shares

बारा–नेपाली कांग्रेसका युवा नेता रमेश दंगालले निजगढको विकास आधुनिक,दिगो, समावेशी र जनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार विकास केवल भौतिक संरचना निर्माणमा सीमित नभई स्थानीय नागरिकको जीवनस्तर उकास्ने प्रक्रिया हो।
प्रदेश सभा निर्वाचनका प्रत्यासी समेत दंगालले भने-“विमानस्थल होस् वा अन्य योजना, यी सबै परियोजनाले स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने खालका हुनुपर्छ ।”
दंगालले सामाजिक सञ्जालमार्फत दूरदृष्टिपूर्ण योजना र सहकार्यका माध्यमबाट अघि बढेमा निजगढलाई साँच्चिकै समृद्ध, हरित र सभ्य नगरका रूपमा विकास गर्न सकिने विश्वास उनले व्यक्त गरेका छन् ।

वि.सं.२०८२ साउन १३ मंगलवार १०:२३