skip this farak Kura Pravakar

रतुवा मृग मारेको आरोपमा पक्राउ

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

खाँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिका–७ बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ वर्षका दिलबहादुर श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।

अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाइराखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले बताए।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुकसमेत फेला परेको छ।

पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत सङ्खुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

थप अनुसन्धानका लागि रतुवा मृत चैनपुर सबडिभिजन वन कार्यालय पोखरी पठाइएको प्रहरी निरीक्षक खतिवडाले बताए।

पक्राउ परेका श्रेष्ठलाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरिएको छ ।

nijgadh-supermart-adz1200-630