आज राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
वि.सं.२०७९ फागुन १५ सोमवार १०:०९

काठमाडौं । आज दिउँसो १२ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने छन्।
यस्तै राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने, विधायन व्यवस्थापन समितिका सभापति डा.वेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८–०७९ सभासमक्ष पेश गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५–०७६, २०७६–०७७ र ०७७–०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्याङ्कन प्रतिवेदन, २०७९ सभासमक्ष पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
वि.सं.२०७९ फागुन १५ सोमवार १०:०९

















