skip this

जनतामा वितृष्णा मात्र नभइ दल र नेताहरूप्रति घृणा उत्पन्न भइरहेको छ –कमल थापा

849 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सत्ताकेन्द्रित फोहोरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको भनाई छ । अहिलेको राजनीतिले जनता वितृष्णा मात्र नभइ दल र नेताहरूप्रति घृणा उत्पन्न भइरहेको उनले बताएका छन् । अध्यक्ष थापाले विकल्पका रूपमा देखिएका राजनीतिक दलहरू शक्ति र पैसा केन्द्रित हुँदा जनता विरक्तिको उल्लेख गरेका छन् ।

काठमाडौंमा आइतबार पार्टी सम्बद्ध भातृ संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन भएको बताएका छन् । उनले भने, दुई महिनाको बीचमै फेरि अर्को गठबन्धन, यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ ? ’ थापाले प्रश्न गरे, ‘अहिलेको राजनीतिले जनतामा वितृष्णा मात्र नभइ दल र नेताहरूप्रति घृणा उत्पन्न भएको छ ।’

nijgadh-supermart-adz1200-630