कोरोनाको जोखिम बढेसँगै आइसियुसहितका आइसोलेसन तयार
वि.सं.२०७९ भदौ ४ शनिवार ०७:१६
**EDS: RPT CORRECTS TYPO** New Delhi: Medics attend to a COVID-19 patients at Shehnai Banquet Hall, temporarily converted into an isolation ward, as coronavirus cases surge across the country, near Lok Nayak Jai Prakash (LNJP) Hospital in New Delhi, Tuesday, April 13, 2021. (PTI Photo/Manvender Vashist) (PTI04_13_2021_000116A)
काठमाण्डौँ- कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ ।
जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन निर्माण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेसन तयार पारिएको छ । जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार बढ्दो कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखेर सङ्क्रमितको व्यवस्थापनका लागि आइसोलेसन तयार पारिएको हो । दशरथचन्द नगरपालिका र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा आइसोलेसन तयार पारिएको हो । महिला पुरुषका लागि छुट्टाछुट्टै आइसोलेसन तयार पारिएका छन् ।
यस्तै जिल्ला अस्पतालामा पनि आइसियुसहितको चार शय्याको आइसोलेसन तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयअनुसार आइसोलेसन निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उक्त बैठकले रु पाँच लाख बराबरको कोरोना कोष स्थापना गर्ने, होल्डिङ सेन्टर, क्वारेन्टिन निर्माण गर्ने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेश गर्ने निर्णय गरेको थियो ।
यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्ने निर्णय भएको थियो ।
भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार चार सय २१ मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ ले ज्यान गुमाइसकेका छन् ।
वि.सं.२०७९ भदौ ४ शनिवार ०७:१६
















