काठमाडौंकाे एक लाख मतगणना : बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता
वि.सं.२०७९ जेठ ८ आइतवार ०७:००
1.35K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।
अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।
एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।
साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।
वि.सं.२०७९ जेठ ८ आइतवार ०७:००
















