बागमती प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यसूची
वि.सं.२०७९ माघ २६ बिहीवार १०:३७
1.08K
shares

काठमाडौं। आज बागमती प्रदेशसभा बैठक बस्दैछ । दिउँसो १ः०८ बजेका लागि प्रदेशसभाको सातौं बैठक आह्वान गरेको हो । उक्त बैठकमा प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बिहीबार प्रदेशसभामा २ वटा बैठकहरू सञ्चालन हुनेछ ।
पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको विशेष सम्बोधन रहनेछ भने दोस्रो बैठकमा धन्यवाद प्रस्ताव सम्बन्धी रहनेछ । प्रदेशसभाको बैठकमा त्यस बाहेक अन्य कुनै पनि कार्यसूची नरहेको प्रदेशसभा सचिवालय हेटौँडाका सूचना अधिकारी सुन्दर बास्कोटाले जानकारी दिएका छन् ।
वि.सं.२०७९ माघ २६ बिहीवार १०:३७
















