skip this farak Kura Pravakar

बजाजको `साटा–साट´ अफर निजगढमा सुरु

2.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- निजगढमा ‘बजाज साटासाट एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २५ गतेदेखि जेठ ३० गतेसम्म निजगढको बुद्धचोकमा हुने सो मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

निजगढमा हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउँने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।

साथै, ग्राहकहरुले आगामी आब २०८२/८३ को बार्षिक कर पनि मेलामा किन्ने मोटरसाईकलमा प्राप्त गर्न सक्नेछन ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउनेछन् ।

कमलामाइ नगरपालिका अगाडी आयोजना हुने बजाज ग्रान्ड एक्सचेन्ज मेला हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. को नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो ।

यस योजनामा कम्पनीका प्रतिनिधि कै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटर बाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न सक्ने बजाज निजगढका सन्चालक रामचन्द्र प्रसाद जैसवालले जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630