प्रथम नगर स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता : उपाधिका लागि आज निजगढका दुवै गौरीशंकर भिड्दै
वि.सं.२०८२ जेठ २४ शनिवार १४:२०

निजगढ–प्रथम नगर स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज निजगढका दुई वटै गौरीशंकर माध्यमिक विद्यालय भिड्ने भएका छन् ।
निजगढ नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा निजगढ क्रिकेट क्लबको व्यवस्थापन निजगढ–६ स्थित भमरा खेल मैदानमा दिउँसो ३ बजे उपाधि भिडन्त हुनेछ ।
प्रतियोगिताको फाइनल खेलमा गौरीशंकर माध्यमिक विद्यालय ८ र गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।
नगर क्षेत्रभित्रका विभिन्न विद्यालय सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगिताको विजेताले ३० हजार नगदसहित ट्राफि र प्रमाणपत्र उपविजेताले २० हजारसहित ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्ने निजगढ क्रिकेट क्लबका अध्यक्ष निर्मल सापकोटाले जानकारी दिए ।
वि.सं.२०८२ जेठ २४ शनिवार १४:२०
















