skip this farak Kura Pravakar

बारा १ (ख) मा नेकपा (एस) का उम्मेदवार यादबलाई माओवादीकाे साथ

2.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बारा क्षेत्र नं. १ प्रदेश ख मा सत्तारुढ गठबन्धन दलका दुई जना उम्मेदवार छन् । सत्ता गठबन्धनका नेकपा (एस) बतहु यादब र नेपाली कांग्रेसबाट नागेन्द्रप्रसाद कानुले उम्मेदवार बनेका छन् ।

सत्ता गठबन्धनकाे सहमति अनुसार नेकपा (एस) काे भागमा परेकाे भएपनि कांग्रेसले सहमति विपरित कानुलाइ उम्मेदवार बनाएकाे माओवादी-नेकपा (एस) काे निष्कर्ष छ ।

सत्तारुढ गठबन्धनकाे एक घटक माओवादीले कसलाई मत दिने भन्ने विषयमा बैठकले बसेर निर्णय गरेकाे छ ।

सिम्राैनगढमा बसेकाे बैठकले कार्यदलमा नेकपा (एस) लाई सिट दिने सहमति भएकोले त्यसैअनुसार मतदान गर्ने निर्णय गरिएको माओवादी पाेलिटब्युराे सदस्य डा. गाेपाल ठाकुरले जानकारी दिए ।

याे क्षेत्रमा एमाले-जसपा गठबन्धनबाट मधेस प्रदेशका निवर्तमान सभामुख सराेज यादब उम्मेदवार छन् । उनी मुख्यमन्त्रीका दाबेदार हुन् ।

nijgadh-supermart-adz1200-630