skip this farak Kura Pravakar

बारा ४ मा एमालेका उम्मेदवारलाई संकट ! एकैसाथ छाडे ९७ जनाले पार्टी

3.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–उम्मेदवार छनौंटदेखि विवादमा फस्दै गएको नेकपा (एमाले) को संकट गहिरिदै गएको छ ।

पार्टीमा वर्षौदेखि दुःख गरेकालाई पाखा लगाएर पार्टी प्रवेश गरेकै दिन टिकट थमाएर उम्मेदवार मैदानमा उतारेपछि एमालेभित्र असन्तृष्टि बढेको छ ।

प्रतिनिधि सभामा एकल नाम सिफारिस भएका देवनारायण चौधरीलाई प्रदेश सभामा थन्काएपछि असन्तुष्टि बाहिर आएको थियो । एमालले लोसपा छाडेर एमाले प्रवेश गरेकै दिन निवर्तमान सांसद एकवाल मियाँलाई टिकट दिएको र प्रदेश सभामा सिफारिस भएकालाई पाखा लगाएपछि बढेको असन्तुष्टि बढ्दै राजिनामाको चरणमा पुगेको छ ।

ठुलै संख्यामा एमालेका नेताहरुले पार्टी छाडेका छन् भने प्रत्येक क्षेत्रमा बागि उम्मेदवारी समेत परेको छ ।

९७ जनाले दिए राजिनामा

बारामा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यसहित ९७ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी,पूर्व जिल्ला कमिटी सदस्यहरू मोजाहिर अन्सारी,कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदीप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

एमाले पूर्व जिल्ला कमिटी सदस्य विष्णुप्रसाद अधिकारीले पार्टीभित्र फरक मत राख्नेलाई पाखा लगाएर पैसा र पहुँच भएका व्यक्तिहरू हाबी भएकोले सामूहिक राजीनामा दिनुपरेको बताएका छन् । अधिकारीले भने ‘पार्टीभित्र २० औ वर्षदेखि निस्वार्थ ढङ्गले हामी सेवा गर्ने तर आज पद लिने बेलामा हिजो साइकल छापबाट चुनाव लडेर सेवा सुविधा उपभोग गरेकालाई आज हामीले फेरि सूर्यमा भोट दिएर जिताउनुपर्ने ?’

बारा–४ मा एमाले–जसपा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकवाल मियाँ र प्रदेश तर्फ ४ (क) मा एमालेका पूर्व जिल्ला अध्यक्ष देवनारायण चौधरी र ४ (ख) मा जसपाबाट आत्मराम साहले उम्मेदवारी दिएका छन् । बारा–४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मियाँले मनोनयन दर्ताको अघिल्लो दिन राति पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर पार्टी प्रवेश गरेलगत्तै बारा क्षेत्र नं ४ को टिकट ल्याएको भन्दै एमाले जिल्ला नेतृत्वभित्र ठुलो असन्तुष्टि रहेको थियो ।

२०७४ को निर्वाचनमा बारा ४ मा प्रतिनिधि सभा सदस्यमा चौधरी मियाँसँग पराजित भएका थिए । तर यसपटक मङ्सिर ४ गते हुने निर्वाचनमा २०७४ का दुई निकटतम प्रतिस्पर्धी एउटै गठबन्धन भित्र संघ र प्रदेशमा उम्मेदवार बनेका छन् ।

nijgadh-supermart-adz1200-630