skip this farak Kura Pravakar

सामान्य प्रशासन मन्त्रीको बोल्ड एक्सन : नगर तथा गाउँपालिकामा `निमित्त हाकिम´ अन्त्य !

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशभरका गाउँपालिका तथा नगरपालिकामा निमित्त कार्यकारी प्रमुखको प्रथा अन्त्य गरेकी छिन् ।

मन्त्री न्यौपानेका अनुसार स्थानीय तहलाई लामो समयदेखि “निमित्त प्रमुख प्रशासकीय अधिकृत” का भरमा सञ्चालन गर्ने परिपाटीलाई रोक्दै आजदेखि सबै गाउँपालिका र नगरपालिकामा पूर्ण जिम्मेवारीसहित प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएको छ ।

उनले सामाजिक सञ्जालमार्फत लेख्दै भनेकी छिन्, “सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ । त्यसैले स्थानीय तहलाई निमित्तका भरमा चलाउने प्रवृत्ति अन्त्य गरेर पूर्ण जिम्मेवारीका साथ प्रशासकीय अधिकृत पठाइएको छ ।”

मन्त्री न्यौपानेले सरकार सञ्चालन गर्दा देशभरका ७५३ स्थानीय तहमध्ये करिब २०० भन्दा बढी पालिका निमित्तका भरमा चलिरहेको तथ्य स्मरण गर्दै अब उक्त अवस्थाको अन्त्य भएको स्पष्ट गरिन् ।

उनले थपिन्, “जिम्मेवारी पाउने कर्मचारी मित्रहरुलाई बधाई छ । उहाँहरुले आफ्नो काम उच्च दक्षता र इमान्दारीसाथ निर्वाह गर्नु पर्नेछ । साथै, पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरुले पनि प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरेर उहाँहरूको क्षमताको भरपुर उपयोग गर्नुपर्छ ।”

न्यौपानेले यो निर्णय आम जनताको हितमा गरिएको भन्दै आगामी चरणमा उपमहानगरपालिका र महानगरपालिकालाई पनि निमित्तविहीन बनाइने जानकारी दिईन् ।

मन्त्री न्याैपानेकाे याे निर्णयलाई एतिहासिक कदम भएको भन्दै बधाईकाे ओईराे लागेकाे छ ।

nijgadh-supermart-adz1200-630