फोटो पत्रकार महासंघ बाराको अध्यक्षमा भण्डारी
वि.सं.२०७९ भदौ १७ शुक्रवार १६:५४

बारा– नेपाल फोटो पत्रकार महासंघ बारा जिल्लाको अध्यक्षमा दिवाकर भण्डारी सर्वसम्मत चयन भएका छन्। बाराको निजगढ नगरपालिका-७ स्थित होटेल हेभनमा शुक्रबार सम्पन्न स्भएको छ । महासंघको दोस्रो अधिवेशनले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।
कमिटीको उपाध्यक्षमा श्याम गुप्ता , सचिव ईन्दिप कोइराला, कोषाध्यक्ष प्रलाद तिमल्सिना लगयात रहेका थिए। त्यसैगरी समितिको सदस्यमा प्रदीप गौतम, शिवशंकर पटेल (यसयस), राधेश्याम पटेल नरेश गुप्ता लगायतका चयन भएका छन्। यस अघि अधिवेशनमा कृपा दैनिकका सम्पादक गोकुल घोरसैनीले गमलामा पानी सिंचितगरि उघाटन गर्नु भएका थिए ।
अधिवेशनको उदघाटन गर्दै घोरसैनीले सामाजिक न्याय र समृद्धिका निम्ति फोटो पत्रकारको भुमिका अहम हुँने बताएका छन्। फोटो पत्रकारितामा बढ्दो आकर्षणले समग्र पत्रकारिताको विकास हुँनेमा आँफू आशावादी रहेको उहाँले बताउनु भयो । फोटो पत्रकारिता विशुद्ध प्राविधिक विषय रहेको र तस्वीरको माध्यमबाट समाजलाई सूसूचीत गर्ने उहाँको भनाई थियो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठले फोटो पत्रकारिताको विकासका लागि निजगढमा तालिम केन्द्रको अवधारणा सहिँत भौत्तिक पूर्वाधार
निर्माणकोलागि जग्गा पटक पटक माग राख्द पनि नगरपालिकाले वास्त नगरेको उहाँले बताउनु भयो । महासंघ बारा शाखाको नेतृत्वमा निर्माण हुँने तालिम केन्द्रबाट दक्ष फोटो पत्रकार उत्पादन गर्न सकिने श्रेष्ठको भनाई रहेको थियो । कार्यक्रममापत्रकारहरु प्रेस चौतारी नेपालका नेपाल बारा शाखा कोषाध्यक्ष थानेश्वर सापकोटा, पत्रकार महासंघ ललितपुर शाखा सद्स्य उमेश घलान, प्रकाश श्रेष्ठ, मनीला सिवेदी, शर्मिला घिमिरे लगायतका उपस्थित रहेका थिए ।
वि.सं.२०७९ भदौ १७ शुक्रवार १६:५४

















