राष्ट्रपति समक्ष भाषा आयोगको नवौँ वार्षिक प्रतिवेदन पेश (फोटोफिचर)
वि.सं.२०८२ भदौ १९ बिहीवार २२:०१

काठमाडौँ–आर्थिक वर्ष २०८१/०८२ (सन् २०२४/२५) को लागि भाषा आयोगको नवौँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ ।
प्रतिवेदन पेश गर्ने क्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, सदस्य डा. अमर राज गिरी, कृष्ण प्रसाद न्यौपाने, मातृका प्रसाद पोखरेल, डा. पुष्कर राज भट्ट र सुरेश मानन्धर उपस्थित थिए ।
त्यस्तै, राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्ले, राष्ट्रपति कार्यालयका वरिष्ठ विज्ञहरु, भाषा आयोगका कार्यकारी सचिव डा. लोक बहादुर लोप्चन तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिवेदन पेशपछि राष्ट्रपति पौडेलसँग भाषा आयोगका पदाधिकारीहरूले भेटघाट गरेका थिए ।
भाषा आयोगद्वारा पेश गरिएको यो प्रतिवेदन आयोगको नवौँ वार्षिक प्रतिवेदन हो ।






वि.सं.२०८२ भदौ १९ बिहीवार २२:०१

















