skip this

नेपाल रेडक्रस दिवसमा निजगढमा ८ महिलासहित कुल ५२ जनाले रक्तदान

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाको आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रम विहीबार सम्पन्न भएको छ ।

रेडक्रस भवनमा आयोजित कार्यक्रममा ८ महिलासहित कुल ५२ जना रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् ।

रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भई अमूल्य योगदान पु¥याउनु हुने सबै रक्तदाताहरू तथा कार्यक्रमलाई सफल बनाउन सक्रिय भूमिका निभाउनु हुने सम्पूर्ण सहयोगीहरूमा नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखा सभापति रुद्र घितालले धन्यवाद व्यक्त गरेका छन् ।

रक्तसञ्चार केन्द्र पर्साको प्राविधिक सहयोगमा योगदान राष्ट्रका लागि संस्था, सप्तऋषि महिला पशुपालन सहकारी संस्था, प्रदीप उप्रेती लगायतको आर्थिक तथा स्वयमसेवक सहयोग गरेका थिए ।

रक्तदातालाई प्रदेश सांसद मिना लामा लगायत रेडक्रसका विभिन्न तहका व्यक्तित्वहरुले प्रमाण–पत्र वितरण गरेका थिए ।

nijgadh-supermart-adz1200-630