निजगढकी भिमकुमारी बनिन् नेपाल मगर विद्यार्थी संघको केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्ज
वि.सं.२०८२ पुस २१ सोमवार २१:४७

बारा–नेपाल मगर विद्यार्थी संघको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमबाट बाराको निजगढ नगरपालिका–७ निवासी भिमकुमारी पुलामी (पुजा) संघको केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्ज पदमा चयन भएकी छन् ।
गौरी शंकर क्याम्पस निजगढकी स्ववियु उपसभापति समेत रहेकी पुलामीलाई दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्ज नियुक्त गरेको हो ।

बैठकमा संगठन विस्तार, नेतृत्व विकास र भावी कार्ययोजनाबारे छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरूले नव–निर्वाचित पदाधिकारीहरूलाई सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्न शुभेच्छा व्यक्त गरेका छन् ।
यसैविच पुलामीलाई जिम्मेवारी प्रदान गरिएकोप्रति नेविसंघका पदाधिकारी तथा सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नेविसंघका निजगढ नगर सभापति संघको सांगठनिक सुदृढीकरण, विद्यार्थी हकहितको संरक्षण तथा मधेस प्रदेशमा मगर विद्यार्थीहरूको आवाज बुलन्द बनाउने अपेक्षा व्यक्त गरिएको बताएका छन् ।
वि.सं.२०८२ पुस २१ सोमवार २१:४७

















