skip this

नेकपा (एस) का केन्द्रीय सल्लाहकार महराकाे हृदयाघातबाट निधन

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य विक्रम महराकाे हृदयाघातबाट निधन भएको छ ।

राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल बाराका अध्यक्ष रहेका महराको हृदयघातबाट निधन भएको हाे ।

कलैया उपमहानगरपालिका १६, मझौलियाका महराको ७५ वर्षको उमेरमा बुधबार राति निधन भएको हो । हृदयघातका कारण उनको मृत्यु भएको अभियानका राष्ट्रिय अध्यक्ष राजेश विद्रोहीले जानकारी दिए ।

कोरोनाका कारण राज्यले गरेको लकडाउनका बेला दलितमाथि श्रृङखलावद्ध हत्या, हिंसा, बलात्कार, कुटपिट बढेपछि खबरदारी गर्न र दलितलाई अधिकार सम्पन्न बनाउन गठित अभियानमा महराले ठूलो भूमिका खेलेका थिए ।

अभियानका राष्ट्रिय अध्यक्ष विद्रोहीले शोक विज्ञप्ति निकाल्दै महराको निधनले जागरण अभियानलाई अपूर्निय क्षति भएको जनाएका छन् । उनले महराको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

महरा लामो समयदेखि कम्युनिस्ट राजनीतिकबाट प्रेरित थिए । नेकपा एमालेबाट २०४८ सालमा गाविस अध्यक्षमा निर्वाचित पनि भएका थिए भने राष्ट्रिय दलित आयोगको सदस्य समेत भएका थिए । महरा श्री गुरु रविदास मिसन नेपालका राष्ट्रिय अध्यक्ष समेत थिए ।

नेकपा एमाले विभाजित भएपछि माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीमा संलग्न थिए । महराको परिवारमा १ छोरा २ छोरी र श्रीमती छ ।

nijgadh-supermart-adz1200-630