skip this

बिनाको पहिलो साहित्यिक कृति ‘जीवनका अनुभूतिहरू’

702 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। ३२ वर्ष कृषि विकास बैंकमा सेवा गरेकी बिना पोखरेलद्वारा लिखित पहिलो कृति ‘जीवनका अनुभूतिहरू’ को दोस्रो संस्करण लोकार्पण भएको छ । शुक्रबार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित एक कार्यक्रममा बीच कलाकार मदनकृष्ण श्रेष्ठ, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, अभिनेत्री दीपिका प्रसाईंलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

आफ्नो कृतिको दोस्रो संस्करण बजारमा ल्याउन पाएकोमा लेखिका पोखरेलले खुसी व्यक्त गरिन् । उनले पुस्तकमा जागिरे जीवनमा भोगेका कठिनाइ, परिवारिक विचलन, क्यान्सरसँगको लडाइँलगायतका कुरालाई उतारेकी छन् । यो पुस्तकले महिलाहरुलाई आत्मविश्वास, अडिग र निडर हुन प्रेरित गर्ने उनको विश्वास छ । पुस्तकमा घरभित्रको कुरालाई पनि जस्ताको त्यस्तै लेखेकाले धेरैले आफूलाई हतोत्साही बनाउने कामसमेत गरेको उनको भनाइ छ ।

कलाकार मदनकृष्ण श्रेष्ठले बिना पोखरेलको पुस्तकले महिलाहरूलाई आत्मविश्वासी बनाउने धारणा राखे । श्रेष्ठले भने, ‘मानिसले आत्मवृतान्तमा जीवनका सबै कुरा खोल्नुपर्छ भन्ने लाग्छ । बिना पोखरेलले कुनै पनि कुरा नलुकाई किताबमा लेख्नुभएको छ । म उहाँको त्यो हिम्मतको सरहना र सम्मान गर्छु । यो किताबले समाजमा सकारात्मक सन्देश छर्नेमा विश्वस्त छु ।’

दुई सय पृष्ठको ‘जीवनका अनुभूतिहरू’ कृतिको पहिलो संस्करणलाई बराहारोहा इन्भेस्टमेन्ट ग्रुपले प्रकाशन गरेको थियो भने दोस्रो संस्करणको प्रकाशक साहित्यिक पत्रकार संघ हो । लेखिका बिना आफ्नो कृतिको तेस्रो संस्करण पनि चाँडै प्रकाशित हुनेमा विश्वस्त छिन् । कृषि विकास बैंकमा सामान्यस्तरको कर्मचारीबाट सेवा सुरु गरेकी पोखरेल सेवा निवृत्त हुँदा दशौं तहको विभागीय अधिकृत थिइन् ।

२८ फागुन २०१० मा न्युरोड, काठमाडौंमा जन्मिएकी पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट एमए गरेकी गरेकी छन् । उनी सनातम धर्म समितिअन्तर्गत मातृशक्तिको पूर्वअध्यक्ष, बराहारोहा इन्भेस्टमेन्ट ग्रुपको सञ्चालकलगायत विभिन्न संस्थाहरूसँग पनि आबद्ध छिन् । उनी पछिल्लो समय सन्तानसँग अमेरिकामा बस्दै आएकी छन् ।

nijgadh-supermart-adz1200-630