पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला
वि.सं.२०७९ असोज २९ शनिवार १५:२२
1.02K
shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१ सिसौघारीस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा २६ असोज दिउँसो करिब साढे ४ बजेतिर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थलभन्दा एक सय मिटर तल करिब १५ फिट गहिराईबाट उनको शव फेला पारेको हो ।
वि.सं.२०७९ असोज २९ शनिवार १५:२२

















