skip this

डोलेश्वर मन्दिरका दर्शनार्थी बोकेको बस दुर्घटना, १४ जना घाइते

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।डोलेश्वर मन्दिरका दर्शनार्थी बोकेको बस दुर्घटना भएको छ । केदारनाथको शिर मानिने डोलेश्वर मन्दिर दर्शन गरेर फर्किएका तीर्थयात्रीहरू चढेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

भक्तपुरस्थित प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुन्दर चौलागाईंका अनुसार सोमबार दिउँसो डोलेश्वर मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको बा ३ ख ३७८४ नम्बरको बस सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा दुर्घटना भएको छ ।बस दुर्घटनाबाट घाइते १० जनाको डा.इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा र ४ जनाको मध्यपुर अस्पताल नयाँथिमिमा उपचार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630